जोरपाटी चोकमा आकर्षक फाउण्टेन सञ्चालन, पर्यटन प्रवर्द्धन र नगरको पहिचान बढ्ने अपेक्षा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८३, बुधबार ०८:०७

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाको जोरपाटी चोकको सौन्दर्य थप्ने उद्देश्यले निर्माण गरिएको आकर्षक फाउण्टेन आजदेखि सञ्चालनमा आएको छ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसाल, नगर प्रवक्ता एवं वडा अध्यक्ष नारायणबहादुर सुवेदी र वडा अध्यक्ष नवराज लामाले संयुक्त रूपमा उद्घाटन गरेसँगै फाउण्टेन सञ्चालनमा आएको हो।

उद्घाटनका क्रममा नगर प्रमुख रिसालले जोरपाटी चोकको सौन्दर्य अभिवृद्धि गर्नुका साथै यस क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले फाउण्टेन सञ्चालनमा ल्याइएको बताए। यस्ता पूर्वाधारले नगरको पहिचान स्थापित गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उनको भनाइ थियो।

नगर प्रवक्ता एवं वडा अध्यक्ष सुवेदीले सार्वजनिक स्थलको सौन्दर्यीकरणले नगरको आकर्षण बढाउने उल्लेख गर्दै फाउण्टेनलाई नगरको पहिचान झल्काउने एउटा महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताए।

त्यसैगरी वडा अध्यक्ष नवराज लामाले जोरपाटी चोक गोकर्णेश्वर नगरपालिकाको प्रमुख आवागमन क्षेत्र भएकाले यहाँ निर्माण गरिएको फाउण्टेनले स्थानीय बासिन्दा तथा बाहिरबाट आउने आगन्तुकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे। यसको संरक्षण र नियमित व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

फाउण्टेन सञ्चालनमा आएसँगै जोरपाटी चोकको दृश्य थप आकर्षक बनेको छ। यसले नगरको सौन्दर्य बढाउनुका साथै गोकर्णेश्वर नगरपालिकालाई चिनाउने पहिचानका रूपमा काम गर्ने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor