स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन तत्काल सुधार गर्नुपर्छ : मन्त्री गौतम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८३, बुधबार ०७:४१

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बिमासम्बन्धी गुनासो सम्बोधन गर्दै सबै नागरिकलाई बिमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार गर्नुपर्ने बताएकी छन्।

मंगलबार मन्त्रालयमा आयोजित बैठकमा मन्त्री गौतमले नागरिकले उपचार आवश्यक पर्दा स्वास्थ्य बिमाबाट सेवा पाउनेमा ढुक्क हुने वातावरण बनाउनुपर्नेमा जोड दिइन्। स्वास्थ्य बिमाका समस्या समाधान गर्न छलफल अघि बढाइएको उल्लेख गर्दै उनले तत्काल सुधारका उपाय खोज्नुपर्ने बताइन्।

राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमको वित्तीय दिगोपना र एकीकृत सामाजिक सुरक्षा प्रणाली विकास गर्ने विषयमा बैठक आयोजना गरिएको थियो।

बैठकमा मन्त्री गौतमले घरमा कोही बिरामी पर्दा उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता परिवारको पहिलो समस्या बन्न नहुने बताइन्। प्रत्येक नागरिकले स्वास्थ्य बिमा भए आवश्यक परेको समयमा उपचार पाउने विश्वास गर्न सक्ने अवस्था बनाउनुपर्ने उनको भनाइ थियो।

बिमामा योगदान गर्न नसक्ने नागरिकको जिम्मेवारी राज्यले लिनुपर्नेमा पनि उनले जोड दिइन्। साथै, स्वास्थ्य बिमामार्फत सेवा दिन सरकारी अस्पतालको सञ्जाल पर्याप्त छ वा निजी अस्पताललाई समेत कार्यक्रममा समेट्नुपर्छ भन्ने विषयमा उनले प्रश्न उठाइन्।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, स्वास्थ्य बिमा बोर्ड र प्रधानमन्त्री कार्यालयका प्रतिनिधि सहभागी थिए।

छलफलमा कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बिमा बोर्डको योगदान संकलन तथा भुक्तानीलाई एउटै प्रणालीमा ल्याउने प्रस्तावमाथि पनि विचारविमर्श भएको थियो।

ती निकायलाई एकीकृत गर्न विद्यमान ऐन संशोधन गरी तीनै निकायलाई जोड्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने दुई कानुनी विकल्पबारे छलफल भएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor