सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशी राज दाहाल सेवाबाट हटाइए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ आश्विन २०८३, शनिबार ०७:०६

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशी राज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ।

मन्त्रालयका अनुसार आचरणसम्बन्धी विषय बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन कार्य गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान, प्रतिष्ठा र छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा दाहालमाथि विभागीय कारबाही गरिएको हो।

गृह मन्त्रालयले २०८३ साल असोज २३ गतेदेखि लागू हुने गरी दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाइएको जनाएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशी राज दाहालले आचरणसम्बन्धी कुरा बराबर उल्लङ्घन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान, प्रतिष्ठा एवम् छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा मिति २०८३/६/२३ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।”

मन्त्रालयको निर्णयअनुसार दाहाललाई असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor