ओम चाबहिल डेन्टलका सञ्चालक कृष्ण घिमिरेलाई ‘NOJA डेन्टल अनर अवार्ड’: १० हजारभन्दा बढीलाई दिए निःशुल्क सेवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०८३, बुधबार ०६:३७

काठमाडौँ । ओम चाबहिल डेन्टल हस्पिटलका सञ्चालक कृष्ण घिमिरेले यस वर्षको प्रतिष्ठित ‘NOJA डेन्टल अनर अवार्ड’ प्राप्त गर्नुभएको छ। दन्त स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्नुका साथै १० हजारभन्दा बढी सर्वसाधारण तथा विपन्न नागरिकलाई पूर्ण रूपमा निःशुल्क दन्त सेवा उपलब्ध गराएर सामाजिक उत्तरदायित्व पूरा गर्नुभएका घिमिरेलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो।

स्वास्थ्य सेवालाई विशुद्ध व्यापारमा मात्र सीमित नराखी समाजका पहुँचविहीन वर्गसम्म पुर्‍याउने अभियानमा घिमिरे लामो समयदेखि निरन्तर सक्रिय हुनुहुन्छ। उहाँको नेतृत्वमा ओम चाबहिल डेन्टल हस्पिटलले दूरदराजमा निःशुल्क दन्त शिविर सञ्चालन गर्नुका साथै अस्पताल परिसरबाटै समेत हजारौँ बिरामीलाई निःशुल्क परामर्श, उपचार र दन्त सेवा प्रदान गर्दै आएको छ।

राष्ट्रिय अनलाइन पत्रकार संघ (NOJA) द्वारा आयोजित विशेष समारोहमा सम्मानित भएपछि प्रतिक्रिया दिँदै सञ्चालक कृष्ण घिमिरेले सम्मानले समाजप्रतिको समर्पण र जिम्मेवारी अझ बढाएको बताउनुभयो।

“दन्त स्वास्थ्य सेवा महँगो मानिने भएकाले अझै पनि धेरै नागरिक आर्थिक अभावका कारण उपचारबाट बञ्चित छन्। हामीले १० हजारभन्दा बढी मानिसलाई निःशुल्क सेवा दिन सक्नु नै हाम्रो सबैभन्दा ठूलो सफलता हो। मेरो र ओम चाबहिल डेन्टल हस्पिटलको प्रयासलाई मूल्याङ्कन गरेर ‘NOJA डेन्टल अनर अवार्ड’ प्रदान गर्नुभएकोमा भावुक र खुसी छु। यसले आगामी दिनमा यो सेवा अभियानलाई अझ व्यापक र प्रभावकारी बनाएर लैजान ठूलो हौसला र ऊर्जा दिएको छ,” घिमिरेले भन्नुभयो।

कार्यक्रममा NOJA का केन्द्रीय अध्यक्ष मुकुन्द कुमार ढुंगानाले कृष्ण घिमिरेको व्यावसायिक निष्ठा र सामाजिक योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।

अध्यक्ष ढुंगानाले भन्नुभयो, “व्यापारसँगै मानवीय सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने व्यक्तिहरू समाजका लागि सच्चा प्रेरणा हुन्। कृष्ण घिमिरेजीले ओम चाबहिल डेन्टल हस्पिटलमार्फत १० हजारभन्दा बढी असहाय र विपन्न नागरिकलाई निःशुल्क दन्त सेवा दिनु सानो कुरा होइन। उहाँको यो निस्वार्थ सेवा र योगदानको कदर गर्दै ‘NOJA डेन्टल अनर अवार्ड’बाट पुरस्कृत गर्न पाउँदा सिङ्गो संस्था नै गौरवान्वित भएको छ।”

अध्यक्ष ढुंगानाले उद्यमी घिमिरेको आगामी व्यावसायिक तथा सामाजिक यात्राको सफलताको शुभकामना दिँदै उहाँको निःशुल्क स्वास्थ्य अभियानले अझ धेरै नागरिकलाई राहत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

घिमिरेको यो सक्रियता र समर्पणले दन्त स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको पहुँच बढाउनुका साथै व्यावसायिक क्षेत्रमा सामाजिक उत्तरदायित्वको नयाँ र प्रेरणादायी मानक स्थापित गरेको छ।

प्रतिक्रिया

Leave a Reply

भर्खरै

 

 

slot gacor