बाँकी जीवन जनता र लोकतन्त्रको सुदृढीकरणमा लगाउँछु : देउवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ मंसिर २०८३, आईतवार ०६:४०

पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफ्नो बाँकी जीवन जनता र लोकतन्त्रको सुदृढीकरणका लागि समर्पित गर्ने बताएका छन्।

पोखरामा आयोजित नेपाली कांग्रेस देउवा समूह गण्डकी प्रदेशको दोस्रो नियमित प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले सिंगापुर र हङकङमा उपचार गराएर पूर्ण रूपमा स्वस्थ भई फर्किएको बताए।

साथीभाइ तथा नेपाली दाजुभाइ-दिदीबहिनीको सद्भाव र मायाले आफूलाई नयाँ जीवन दिएको उल्लेख गर्दै देउवाले अब जनताको हित र लोकतन्त्रको रक्षाका लागि काम गर्ने प्रतिबद्धता जनाए।

पाँच पटक प्रधानमन्त्री भइसकेको स्मरण गर्दै उनले अब आफूलाई कुनै पद वा व्यक्तिगत लाभको अपेक्षा नरहेको स्पष्ट पारे। देश र जनताका लागि योगदान गर्नुका साथै लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउनु आफ्नो चाहना रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

slot gacor