सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, बागचन्दसहित चार जनाको नाम तय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०८३, बुधबार ०५:४६

काठमाडौँ । सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि चार जना न्यायाधीश सिफारिस भएका छन्।

मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति नेपालको संविधानको धारा १२९ बमोजिम न्याय परिषद्को सिफारिसमा हुने व्यवस्था छ। परिषद्बाट सिफारिस भएका न्यायाधीशको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

संविधानको धारा १२९ को उपधारा (५) मा सर्वोच्च अदालतको न्यायाधीश हुनका लागि नेपाली नागरिक भई कानुनमा स्नातक उपाधि प्राप्त गरेको तथा तोकिएका योग्यतामध्ये कुनै एक क्षेत्रको अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

जसअनुसार उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश पदमा कम्तीमा पाँच वर्ष काम गरेको, वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको, न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्का रूपमा ख्याति प्राप्त गरेको वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको व्यक्ति सर्वोच्च अदालतको न्यायाधीशका लागि योग्य हुने व्यवस्था छ।

न्याय परिषद्को सिफारिसपछि अब चारै जनाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor