परीक्षामा पास गराइदिन्छु भन्दै १३ वर्षीया छात्रामाथि बालयौन दुरुपयोग गर्ने शिक्षक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०८३, शुक्रबार ०६:०६

मन्थली (रामेछाप)। आफैँले पढाउने विद्यालयकी १३ वर्षीया नाबालिका छात्रालाई परीक्षामा पास गराइदिन्छु भन्दै ललाइफकाई बालयौन दुरुपयोग गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापती गाउँपालिका–५ बस्दै आएका ४८ वर्षीय नवीन भन्ने नवराज भण्डारी रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शिक्षक भण्डारीले बालिकालाई परीक्षामा पास गराइदिने लोभ देखाई संवेदनशील अङ्गहरूमा छुने, चिमेट्ने तथा सामाजिक सञ्जालमार्फत अश्लील फोटो, भिडियो र म्यासेज पठाएर यौनजन्य क्रियाकलाप गर्दै पटक-पटक बालयौन दुरुपयोग गर्ने गरेका थिए। पीडित पक्षको उजुरीका आधारमा प्रहरीले भण्डारीलाई गत बुधबार नियन्त्रणमा लिएको हो।

पक्राउ परेका भण्डारीलाई रामेछाप जिल्ला अदालतमा पेश गरी बालयौन दुरुपयोग सम्बन्धी कसूरमा अनुसन्धानका लागि आठ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रामेछापले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

भर्खरै

 

 

slot gacor