ज्येष्ठ नागरिक दिवसमा बूढानीलकण्ठ–२ मा संगीत कार्यक्रम र निःशुल्क आँखा शिविर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०८३, बिहीबार ०६:५१

काठमाडौं। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिका–२ स्थित ज्येष्ठ नागरिक भवन एवं पार्कमा संगीत कार्यक्रमसहित निःशुल्क आँखा शिविर आयोजना गरिने भएको छ।

वडा कार्यालयको आयोजनामा २०८३ असोज १५ गते बिहीबार अर्थात् १ अक्टोबर २०२६, बिहान ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा ज्येष्ठ नागरिकका लागि संगीत कार्यक्रमका साथै निःशुल्क आँखा परीक्षण तथा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिने वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले ज्येष्ठ नागरिकहरू समाजका ज्ञान, अनुभव, संस्कार र जीवनमूल्यका अमूल्य धरोहर भएकाले उनीहरूको सम्मान, स्वास्थ्य र सहज जीवनयापनप्रति स्थानीय सरकारको विशेष जिम्मेवारी रहेको बताए।

उनले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आँखा परीक्षणजस्तो आवश्यक स्वास्थ्य सेवा वडामै उपलब्ध गराउने उद्देश्यले निःशुल्क आँखा शिविर आयोजना गरिएको बताए।

“ज्येष्ठ नागरिक हाम्रो समाजका अनुभव र संस्कारका अमूल्य धरोहर हुनुहुन्छ। उहाँहरूको सम्मान र स्वास्थ्यप्रति वडा कार्यालय सदैव प्रतिबद्ध छ,” वडा अध्यक्ष श्रेष्ठले भने, “ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारलाई अझ बलियो बनाउँदै उहाँहरूको स्वास्थ्य तथा सामाजिक सहभागितालाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”

अध्यक्ष श्रेष्ठले वडाका ज्येष्ठ नागरिकलाई कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण तथा संगीत कार्यक्रमबाट लाभ लिन आग्रहसमेत गरेका छन्।

उनले ज्येष्ठ नागरिकको सम्मान सभ्य समाजको पहिचान भएकाले परिवार, समुदाय र स्थानीय सरकार सबैले ज्येष्ठ नागरिकप्रति सम्मान र जिम्मेवारीको भावना विकास गर्नुपर्ने बताए।

वडा कार्यालयले ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा वडावासी ज्येष्ठ नागरिक तथा सम्बन्धित सबैलाई उपस्थितिका लागि आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

भर्खरै

 

 

slot gacor