नेपाली कांग्रेसको देउवा समूहद्वारा १५औं महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगमा पेस: मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने असोज १३ गते आयोगमा तोकादेश भई अभिलेख दर्ता; असोज १५ देखि वडा अधिवेशन सुरु गर्ने गरी तल्लो तहदेखि केन्द्रसम्मको संशोधित कार्यतालिका सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०८३, शुक्रबार ०५:५६

काठमाडौँ। नेपाली कांग्रेसभित्रको देउवा समूहले पार्टीको समानान्तर १५औं महाधिवेशनको विस्तृत कार्यतालिका निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेस सभापतिको हैसियतमा शेरबहादुर देउवाले हस्ताक्षर गरी पेस गरेको उक्त कार्यतालिकासहितको पत्रलाई निर्वाचन आयोगले असोज १३ गते दर्ता गरी फाइल खडा गरेर अभिलेख राख्न सोही दिन तोकादेश गरिसकेको छ।

देउवाले प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै महाधिवेशनको जानकारी तथा अभिलेखीकरणका लागि पेस गरेको पत्रअनुसार आगामी २०८३ साल मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन आयोजना गरिने भएको छ।

संवैधानिक तथा वैधानिक व्यवस्थालाई ध्यानमा राख्दै कार्यतालिका

आयोगमा पेस गरिएको पत्रमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पाँच वर्षको कार्यकाल विधानबमोजिम थप गरिएको अवधिसहित २०८३ साल मङ्सिर मसान्तमा समाप्त हुने उल्लेख छ। सोही संवैधानिक तथा वैधानिक व्यवस्थालाई ध्यानमा राख्दै तल्लो तहदेखि केन्द्रसम्मको अधिवेशन कार्यतालिका तय गरिएको जानकारी आयोगलाई गराइएको छ।

देउवा समूहले बुझाएको पत्रमा निर्वाचन आयोगको यसअघिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा पुनरावलोकनको अनुमति प्राप्त भइसकेको र हाल उक्त विषय अदालतमा विचाराधीन अवस्थामा रहेकोसमेत खुलाइएको छ। महाधिवेशन सम्पन्न भएपछि निर्वाचित नयाँ केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिको नामावली कानुनबमोजिम अद्यावधिकका लागि पुनः आयोगमा पेस गरिने देउवा समूहले जनाएको छ।

यस्तो छ अधिवेशनको विस्तृत कार्यतालिका:

  • वडा अधिवेशन: २०८३ साल असोज १५ गते

  • गाउँ/नगरपालिका अधिवेशन: २०८३ साल असोज २० गते

  • प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन: २०८३ साल असोज २३ गते

  • जिल्ला अधिवेशन: २०८३ साल कात्तिक १५ गते

  • प्रदेश अधिवेशन (सातै प्रदेश): २०८३ साल मङ्सिर ४ गते

  • केन्द्रीय महाधिवेशन (काठमाडौँ): २०८३ साल मङ्सिर २१, २२ र २३ गते

प्रतिक्रिया

Leave a Reply

भर्खरै

 

 

slot gacor