पूर्वप्रधानन्यायाधीश जबरा मध्यरातमा नियन्त्रणमा, १२ घण्टापछि रिहा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०८३, सोमबार ०५:५०

काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्‍याएको थियो। प्रहरीले उनलाई ‘सुरक्षा थ्रेट’का कारण सुरक्षाका लागि कार्यालय ल्याइएको दाबी गरेको थियो।

प्रहरीका अनुसार जबरामाथि राति नै आक्रमण हुन सक्ने सूचना प्राप्त भएपछि उनलाई निवासबाट सुरक्षित स्थानमा सारिएको हो। तर प्रहरीले सुरक्षा खतरा के थियो, कसबाट थियो र किन निवासमै सुरक्षा नबढाई प्रहरी कार्यालय लगियो भन्नेबारे स्पष्ट विवरण सार्वजनिक गरेको छैन।

जबरालाई नियन्त्रणमा लिँदा अदालतबाट पक्राउ पुर्जी नलिइएको बताइएको छ। प्रहरीले भने यसलाई औपचारिक पक्राउ नभई सुरक्षाका लागि गरिएको व्यवस्था भएको जनाएको छ। घटनापछि उनको कानुनी आधार र प्रहरीको कार्यशैलीबारे प्रश्न उठेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगको टोलीसमेत उनलाई भेट्न प्रहरी कार्यालय पुगे पनि भेट्न नदिइएको जनाइएको छ। करिब १२ घण्टापछि आइतबार दिउँसो जबरालाई प्रहरी कार्यालयबाट सुरक्षित स्थानमा पठाइएको प्रहरीले जनाएको छ।

घटनाको विषयमा प्रहरीले ‘सुरक्षा थ्रेट’लाई मुख्य कारण बताएको भए पनि त्यसको प्रकृति, स्रोत तथा नियन्त्रणमा लिने निर्णयको आधारबारे थप स्पष्टता आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor