काठमाडौं। गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना बेपत्ता भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा ५ जना घाइते भएका छन् भने ७४७ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
बाढीपहिरोबाट गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरू बढी प्रभावित भएका छन्। सुरक्षाकर्मीका अनुसार बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
बाढीपहिरोका कारण केही पुल तथा सयौँ व्यक्तिगत घरमा क्षति पुगेको छ। विभिन्न स्थानमा सडक तथा यातायातसमेत प्रभावित भएको जनाइएको छ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोली परिचालन गरी खोज, उद्धार तथा राहतको काम भइरहेको छ।
प्रतिक्रिया