वर्षाले रोक्यो नेपाल–जापान खेल, १ अंक बाँड्दै नेपाल समूह विजेता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०८३, आईतवार ०६:३९

काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ।

वर्षाका कारण निर्धारित समयभन्दा ढिला सुरु भएको खेललाई १५–१५ ओभरमा छोट्याइएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रनको बलियो योगफल बनाएको थियो।

नेपालका लागि जोराले ३२ बलमा ५७ रन तथा लोकेशले २२ बलमा ५२ रनको अविजित आक्रामक पारी खेले। आसिफ शेखले २१ रन बनाए। जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान १–१ विकेट लिए।

नेपालको इनिङ्स सकिएलगत्तै पुनः भारी वर्षा भएपछि मैदान कभरले ढाकिएको थियो। निरन्तर वर्षाका कारण जापानले ब्याटिङ सुरु गर्न नसकेपछि खेल नतिजाविहीन घोषणा गरिएको हो।

खेल रद्द भएसँगै नेपाल र जापानले १–१ अंक बाँडे। नेपालले २ खेलबाट ३ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा स्थान बनाएको छ। अफगानिस्तान २ खेलबाट २ अंकसहित समूह उपविजेता बनेको छ।

अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने अफगानिस्तानले भारतको सामना गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor