किस सीनअघि डराएर रोएकी थिइन् कनिका मान, अर्जुन बिजलानीसमेत तनावमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०८३, आईतवार ०६:३१

काठमाडौं । टीभी अभिनेत्री कनिका मान यतिबेला ‘बिग बोस २०’ मा देखिएकी छन्। उनको प्रस्तुति र शैलीलाई लिएर चर्चा भइरहेका बेला उनले आफ्नो करियरको एउटा अन्तरंग अनुभव सार्वजनिक गरेकी छन्।

कनिकाले सन् २०२२ मा ‘रुहानियत’ नामक वेब सिरिजमा अभिनेता अर्जुन बिजलानीसँग काम गरेकी थिइन्। उक्त सिरिजमा दुवैबीच रोमान्टिक तथा किसिङ दृश्यहरू थिए।

फिल्मीज्ञानलाई दिएको एक अन्तर्वार्तामा कनिकाले किसिङ सीन सुट गर्नुअघि आफू निकै डराएको बताएकी छन्। उनका अनुसार सामान्यतया सेटमा धेरै मानिस हुने भए पनि अन्तरंग दृश्य छायांकन गर्दा आवश्यक व्यक्तिहरूलाई मात्र सेटमा राखिएको थियो।

तर, कम मानिस मात्र उपस्थित हुँदा पनि आफूलाई असहज महसुस भएको र अचानक रोएको उनले बताइन्। आफूले उक्त दृश्य नगर्ने समेत भनेको कनिकाले उल्लेख गरेकी छन्।

कनिकाका अनुसार आफू रोएको देखेपछि अर्जुन बिजलानी पनि असहज भएका थिए। उनले आफ्नो कारणले कनिकालाई केही समस्या भएको हुनसक्ने ठानेका थिए। त्यसपछि अर्जुन केही समयका लागि सेटबाट बाहिरिएको र टोलीका सदस्यहरूसँग कनिकालाई सम्झाउन आग्रह गरेको कनिकाले बताइन्।

पछि कनिकाले अर्जुनसँग कुरा गर्दै आफूलाई भएको असहजता उनको कारणले नभएको स्पष्ट पारेकी थिइन्। अर्जुन आफ्ना सिनियर कलाकार भएकाले आफूले सम्मान गर्ने र घटनालाई गलत रूपमा नबुझ्न उनले आग्रह गरेकी थिइन्।

कनिकाका अनुसार त्यसपछि अर्जुनको भ्रम हटेको थियो र दुवैबीचको वातावरण सामान्य बनेको थियो।

प्रतिक्रिया

Leave a Reply

slot gacor