सप्तकोशीमा पानीको बहाव २ लाख ५४ हजार क्युसेक, कोशी ब्यारेजका ३३ ढोका खुला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०८३, शनिबार ०६:५५

सुनसरी । पूर्वी पहाडी जिल्लाहरूमा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको छ। नदीमा पानीको सतह उच्च भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोशी ब्यारेजका ५६ मध्ये ३३ वटा ढोका खोलिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रमुख डिएसपी चन्द्र खड्काका अनुसार शुक्रबार अपराह्न ४ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ५४ हजार ६० क्युसेक पुगेको छ।

सप्तकोशीमा प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा बढी पानीको बहाव हुनुलाई नै खतरा मानिने भएकाले ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्तीसमेत बालिएको छ। नदीको बहाव निरन्तर बढिरहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

पानीको सतह निरन्तर बढे पनि ब्यारेजका सबै ढोका नखोलिएकाले तटीय क्षेत्रका बासिन्दा त्रासमा परेका छन्। श्रीलंका टापुका स्थानीय सन्तोष चन्द्रवंशीले नदीमा पानीको बहाव तीव्र बनेकाले तटीय बस्तीमा जोखिम बढेको बताउँदै तत्काल ब्यारेजका ५६ वटै ढोका खोलेर नागरिकको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

बिहीबारदेखि जारी वर्षाका कारण बहाव अझै बढ्न सक्ने आकलनसहित तटीय बस्तीहरूमा सुरक्षा निगरानी कडा बनाइएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाअन्तर्गतका जोखिमयुक्त क्षेत्रमा प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सुरक्षित स्थानमा रहन र नदी किनारमा नजान अनुरोध गरिएको छ। कुनै पनि विपद्को स्थितिमा तत्काल खटिन सक्ने गरी टोलीहरू तयारी अवस्थामा रहेको उनले जानकारी दिए।

यस्तै, सप्तकोशीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेज भएर सञ्चालन हुने पूर्व-पश्चिम राजमार्गका सवारीसाधन सञ्चालनमा समेत सतर्कता अपनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor