बुढानीलकण्ठमा अन्तर्राष्ट्रिय शान्ति दिवस : ‘शान्ति र अहिंसाको मार्ग’ विषयक विशेष कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०८३, मंगलवार ०६:०७

काठमाडौं । अन्तर्राष्ट्रिय शान्ति दिवस २०८३ को अवसरमा बुढानीलकण्ठमा ‘द पाथ टु पिस एन्ड नन–भोलेन्स’ अर्थात् ‘शान्ति र अहिंसाको मार्ग’ विषयक विशेष छलफल तथा प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ।

ह्युमानिस्ट मुभमेन्ट बुढानीलकण्ठ, नेपालको आयोजनामा ध्रुवतारा कार्निभली स्कुलमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नगर उपप्रमुख अनिता लामा विशेष अतिथि तथा शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विश्व शान्ति तथा अहिंसा अभियानका प्रतिनिधि, शिक्षाविद्, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा शान्ति र अहिंसासम्बन्धी वृत्तचित्र प्रदर्शन, प्रेरणादायी मन्तव्य तथा सांस्कृतिक प्रस्तुतिमार्फत शान्ति, सहिष्णुता, मानवता र अहिंसाको सन्देश प्रवाह गरिएको थियो। सहभागीहरूले समाजमा दीर्घकालीन शान्ति स्थापना गर्न व्यक्तिगत व्यवहारदेखि पारिवारिक, शैक्षिक तथा सामाजिक जीवनसम्म शान्ति र अहिंसाका मूल्यलाई व्यवहारमा आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा वक्ताहरूले शान्ति केवल द्वन्द्वको अभाव नभई आपसी सम्मान, सहअस्तित्व, संवाद, सहिष्णुता र मानव मर्यादाको संरक्षणसँग जोडिएको विषय भएको धारणा राखेका थिए। बालबालिका तथा युवामा अहिंसात्मक सोच र व्यवहारको विकास गराउन विद्यालय तथा समुदायको भूमिका महत्वपूर्ण हुनेमा समेत जोड दिइएको थियो।

स्थानीय तह, शैक्षिक क्षेत्र तथा सामाजिक संस्थाबीचको सहकार्यबाट शान्ति र अहिंसाको संस्कृति निर्माण गर्न सकिने सहभागीहरूको भनाइ थियो। यस्ता कार्यक्रमले नयाँ पुस्तामा शान्ति, मानवता र सामाजिक जिम्मेवारीप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको अध्यक्षता जे.एस. पौडेलले गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

slot gacor