काठमाडौं । अन्तर्राष्ट्रिय परियोजना विकास मञ्च (International Project Development Forum–IPDF) ले सामाजिक विकास तथा जनसेवा विभागको विभागीय संयोजकमा नोबेल डी.सी.लाई नियुक्त गरेको छ।
IPDF का अध्यक्ष मुकुन्द ढुंगानाले २०८३/०६/०५ गते नियुक्तिपत्र प्रदान गर्दै नोबेल डी.सी.लाई ‘सामाजिक विकास तथा जनसेवा विभाग (Department of Social Development & Public Service)’ को विभागीय संयोजकमा नियुक्त गरेका हुन्। नियुक्ति २०८३/०६/०५ देखि लागू हुने गरी तीन वर्षका लागि रहने जनाइएको छ।
सामाजिक विकास, जनसेवा, समुदाय सशक्तीकरण, सामाजिक समावेशीकरण, मानवीय सेवा, जनहित तथा नागरिक सहभागितामार्फत दिगो विकासमा योगदान पुर्याउने उद्देश्यले विभाग गठन गरिएको IPDF ले जनाएको छ।
नवनियुक्त विभागीय संयोजक नोबेल डी.सी.ले सामाजिक विकास तथा जनसेवासँग सम्बन्धित कार्यक्रम, परियोजना तथा अभियानको पहिचान, योजना निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन्।
विभागले विपन्न, असहाय, ज्येष्ठ नागरिक, बालबालिका, महिला, युवा, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गरी जनसेवा तथा सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गर्नेछ। त्यस्तै शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, सामाजिक चेतना, मानव अधिकार, सामाजिक समावेशीकरण तथा नागरिक जिम्मेवारीसम्बन्धी सचेतनामूलक कार्यक्रम, तालिम, गोष्ठी तथा अभियान सञ्चालन गर्ने जिम्मेवारी पनि विभागलाई दिइएको छ।
स्थानीय समुदायका आवश्यकता पहिचान गरी सामाजिक समस्या समाधानका लागि अध्ययन तथा अनुसन्धान गर्ने, आवश्यक परियोजना प्रस्ताव तयार गरी IPDF केन्द्रीय कार्यालयमा पेश गर्ने तथा प्राकृतिक विपद्, महामारी, दुर्घटना र अन्य मानवीय संकटका समयमा राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा आवश्यक समन्वय गर्ने जिम्मेवारीसमेत विभागीय संयोजकलाई दिइएको छ।
यसैगरी सरकारी तथा गैरसरकारी संस्था, स्थानीय तह, सामाजिक संघसंस्था, सामुदायिक संस्था, विकास साझेदार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य र समन्वय विस्तार गर्ने, युवा तथा महिलासहित विभिन्न समुदायलाई सामाजिक नेतृत्व, स्वयंसेवा, क्षमता विकास तथा सामाजिक उत्तरदायित्वमा सहभागी गराउने कार्यक्रम सञ्चालन गर्ने कार्यक्षेत्र पनि विभागलाई तोकिएको छ।
IPDF ले सामाजिक सेवाका सफल अभ्यास, नवीन अवधारणा तथा प्रभावकारी परियोजनाको पहिचान र दस्तावेजीकरण गर्दै तिनको विस्तारमा समेत विभागले काम गर्ने जनाएको छ। सामाजिक सद्भाव, सहकार्य, स्वयंसेवा तथा नागरिक सहभागिता अभिवृद्धिका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै विभागको वार्षिक कार्ययोजना तथा परियोजना तयार गर्ने र आवश्यक स्रोत तथा साझेदारीको सम्भावना पहिचान गर्ने जिम्मेवारी पनि संयोजकको रहनेछ।
विभागबाट सञ्चालन हुने कार्यक्रम, अभियान, तालिम, परियोजना तथा साझेदारीका गतिविधिको प्रगति विवरण नियमित रूपमा IPDF केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था नियुक्तिपत्रमा उल्लेख छ। साथै IPDF का अन्य विभागसँग समन्वय गरी सामाजिक विकास, जनसेवा, मानवीय सहायता, समुदाय सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित संयुक्त कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।
नियुक्तिपत्रमा विभागीय संयोजकले IPDF को विधान, नियम, नीति, निर्देशन तथा संस्थागत निर्णयको पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। संस्थागत नीति तथा हितअनुकूल कार्यसम्पादन नभएमा वा जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेमा IPDF केन्द्रीय नेतृत्वले आवश्यक निर्णय लिन सक्ने व्यवस्था पनि नियुक्तिपत्रमा उल्लेख गरिएको छ।
नोबेल डी.सी.लाई प्रदान गरिएको जिम्मेवारी इमानदारी, अनुशासन, पारदर्शिता, सेवाभाव, व्यावसायिकता तथा सक्रियताका साथ निर्वाह गर्दै सामाजिक विकास तथा जनसेवा विभागलाई प्रभावकारी, जनमुखी तथा परिणाममुखी विभागका रूपमा विकास गर्न योगदान पुर्याउने विश्वास IPDF अध्यक्ष मुकुन्द ढुंगानाले व्यक्त गरेका छन्।
नियुक्तिपत्र ग्रहण गर्दै नोबेल डी.सी.ले IPDF को नीति, उद्देश्य, संस्थागत मर्यादा तथा जिम्मेवारीलाई आत्मसात् गर्दै विभागको कार्यक्षेत्रलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया