सिआइबीको छानबिनमा एन्फा, कोषाध्यक्ष र लेखापाल पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०८३, सोमबार ०६:२०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का गतिविधि तथा आर्थिक कारोबारमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विस्तृत अनुसन्धान थालेको छ।

सिआइबीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। शुक्रबार पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी मुद्दामा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अदालतबाट म्याद लिइएको सिआइबीले जनाएको छ।

सिआइबीका एसएसपी अनुपमशमशेर जबराका अनुसार पक्राउ परेकामाथि अनुसन्धान जारी छ। एन्फाभित्र भएको भनिएको आर्थिक तथा नीतिगत अनियमितताका विषयमा अनुसन्धान केन्द्रित रहेको सिआइबीका अधिकारीहरूले बताएका छन्।

सिआइबीका एक अधिकारीका अनुसार नेपालमा आयोजना गर्नुपर्ने केही खेल मिलेमतोमा विदेशमा आयोजना गरिएको विषयसमेत अनुसन्धानको दायरामा छ। अनुसन्धानमा एन्फाका अन्य पदाधिकारीको भूमिकासमेत हेरिने बताइएको छ।

विभिन्न विवादपछि एन्फा हाल अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बनमा रहेको छ। करिब तीन महिनादेखि निलम्बनमा रहेको एन्फा र सरकारबीच पछिल्लो समय विभिन्न विषयमा आरोप–प्रत्यारोपसमेत चल्दै आएको छ।

सिआइबीले अनुसन्धान अघि बढाएसँगै एन्फाको आर्थिक कारोबार, प्रशासनिक निर्णय तथा खेल सञ्चालनसँग सम्बन्धित विषयमा थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor