काठमाडौं । नेपालको पुनःस्थापना तथा राहत कार्यमा सहयोग पुर्याउँदै भारतले ११ टन राहत सामग्रीसहितको नवौँ उडान काठमाडौं पठाएको छ।
भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आइपुगेको उक्त उडानमा पाल, औषधि, सुत्ने झोला, सरसफाइ सामग्री तथा घटनास्थल अनुसन्धानमा प्रयोग हुने सामग्रीलगायत आवश्यक राहत सामग्री रहेका छन्।
भारतबाट प्राप्त राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सामग्री पठाइएको जनाइएको छ।
भारतले नेपालको पुनःस्थापना तथा राहत प्रयासमा आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया