संविधान दिवसमा ओलीको सन्देश : संविधानको रक्षा र कार्यान्वयनमा एमाले प्रतिबद्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०८३, आईतवार ०६:५८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान दिवस, २०८३ का अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष समारोह आयोजना गरेको छ।

समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा, कार्यान्वयन तथा जनताको हितका लागि पार्टी निरन्तर क्रियाशील रहने बताएका छन्।

अध्यक्ष ओलीले संविधान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण गर्दै जनताको अधिकार, राष्ट्रिय हित र मुलुकको समृद्धिका लागि एमालेले आफ्नो जिम्मेवारी निर्वाह गरिरहने बताए। उनले संविधान दिवसलाई संविधान निर्माणमा योगदान पुर्‍याउने सबैप्रति सम्मान व्यक्त गर्ने तथा संविधानका उपलब्धिको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे।

समारोहमा संविधानको मर्म र भावनाअनुसार राष्ट्रिय एकता, लोकतन्त्र, सुशासन तथा सामाजिक न्यायलाई थप सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

सम्बोधनका क्रममा ओलीले पार्टीभित्र पुनर्गठन र रूपान्तरणलगायत विषयमा उठेका सवालमा असोज ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए। उनले बाहिर चर्चा गरिएजस्तो एमालेभित्र अन्तरकलह नरहेको दाबीसमेत गरे।

समारोहमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेलसहित पार्टीका पदाधिकारी, सांसद, केन्द्रीय सदस्य, जनप्रतिनिधि तथा विभिन्न जनसङ्गठनका प्रतिनिधि र नेता–कार्यकर्ताको सहभागिता थियो।

एमालेले संविधान दिवसका अवसरमा प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूलाई पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

slot gacor