पार्टी, संसद र सरकारलाई शक्तिशाली बनाएर अघि बढ्ने रास्वपाको निष्कर्ष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०८३, सोमबार ०५:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी, संसद र सरकारलाई थप प्रभावकारी बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल गर्दै पार्टी, संसद र सरकारलाई शक्तिशाली बनाएर अघि बढ्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकले बाढीका कारण स्थगित रास्वपाको जनसंगठनसम्बन्धी गतिविधि पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। विगत केही महिनामा मधेसमा भएका विभिन्न घटनाक्रमबारे तयार पारिएको अडिट रिपोर्टका आधारमा मधेसमा पार्टीका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको खरेलले बताए।

रास्वपाले लामो समयदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ सम्बन्धी व्यवस्थालाई कार्यान्वयनको दिशामा अघि बढाउने विषयमा पनि बैठकमा छलफल भएको छ। यसका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था अध्ययन गर्न कार्यदल गठन गर्ने तयारी गरिएको खरेलले जानकारी दिए।

बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो भारत भ्रमणबारे सचिवालयलाई जानकारी गराएका थिए। भ्रमण फलदायी भएको र बाढीपछि भारत सरकारले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरिएको उनले जानकारी दिए।

भारत भ्रमणका क्रममा भारतीय वित्तमन्त्री निर्मला सीतारमणसँग भएको भेटको तस्बिरमा नेपाली झन्डा नदेखिएको विषयमा पनि बैठकमा स्पष्टीकरण दिइएको थियो। प्रवक्ता खरेलका अनुसार उक्त भेट भारतीय वित्तमन्त्रीको कार्यकक्षमा भएकाले त्यहाँ नेपालको झन्डा नरहेको हो। उनले द्विपक्षीय भेटका क्रममा भने दुवै देशका राष्ट्रिय झन्डा राखिने बताए।

त्यस्तै, बैठकले लामो समयदेखि बेपत्ता रहेका व्यक्तिका परिवारलाई मृत्यु प्रमाणपत्र उपलब्ध गराउन कानुनी सुधार आवश्यक रहेको विषयसमेत उठाएको छ। रास्वपाका अनुसार करिब पाँच हजार बेपत्ता व्यक्तिका परिवारले वर्षौंदेखि मृत्यु प्रमाणपत्र प्राप्त गर्न नसकेको अवस्थामा परिवारले आशा त्यागिसकेको परिस्थितिलाई समेत सम्बोधन हुने गरी कानुनी व्यवस्था गर्न सुझाव दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor