‘नयाँ नेपाल’ र भ्रष्टाचार नियन्त्रणको नाराले देश पछाडि धकेलियो : ज्ञानेन्द्र शाही

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०८३, आईतवार ०६:५५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ‘नयाँ नेपाल’ र ‘भ्रष्टाचार नियन्त्रण’को नारा दिएर नेतृत्वमा पुगेका राजनीतिक दलका कारण देश पछाडि धकेलिएको आरोप लगाएका छन्।

शाहीले विगतको सशस्त्र द्वन्द्वदेखि पछिल्ला राजनीतिक घटनाक्रमसम्मको प्रसङ्ग जोड्दै राजनीतिक नेतृत्वले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसकेको दाबी गरेका हुन्।

उनले ‘नयाँ नेपाल’ निर्माणको नारासहित भएको सशस्त्र द्वन्द्वले ठूलो मानवीय तथा भौतिक क्षति भएको बताए।

‘एउटाले नयाँ नेपाल बनाउँछु भन्यो– १७ हजार मान्छे मरे, १० वर्ष देश द्वन्द्वमा धकेलियो र भौतिक संरचना ध्वस्त भए। आज ८० लाखभन्दा बढी नेपाली विदेशमा पसिना बगाउन बाध्य छन्,’ शाहीले भने।

त्यस्तै, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनको नारा दिएर अघि बढेको राजनीतिक शक्तिप्रति पनि उनले प्रश्न उठाए।

‘अर्काले भ्रष्टाचारीलाई जेल हाल्छु र संविधान संशोधन गर्छु भन्यो, ७६ जना युवाको ज्यान गयो, देश खरानी भयो,’ उनले भने।

विगतमा गरिएका राजनीतिक बाचा पूरा नभएको दाबी गर्दै शाहीले भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनका विषयमा अपेक्षित परिणाम नआएको बताए।

‘न भ्रष्टाचारी जेल परे, न त संविधान संशोधन नै भयो,’ शाहीले भने, ‘बरु भ्रष्टाचारीहरू र कारबाही गर्छु भन्दै देशलाई घाटा पुर्‍याउनेहरू आज शीतल निवासमा एउटै टेबलमा बसेर सत्ताको मजा लिइरहेका छन्।’

शाहीले पछिल्ला राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै जनताले परिवर्तन र सुशासनको अपेक्षा गरे पनि त्यसअनुसार परिणाम प्राप्त हुन नसकेको दाबी गरे।

‘सत्य तीतो हुन्छ, तर यथार्थ यही हो,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

slot gacor