भोटेकोशी बाढीमा सरकार युद्धस्तरमा काम गरिरहेको छ : रवि लामिछाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०८३, बिहीबार ०६:०९

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको कामलाई निरन्तरता दिइरहेको बताएका छन्।

बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रत्यक्ष सम्पर्क र छलफल गरिरहेको बताए।

उनका अनुसार प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले भेटघाट तथा छलफल गरिरहेका छन्। उनले यसलाई प्रभावित नागरिकको अवस्थाप्रति सरकारको चासोका रूपमा व्याख्या गरे।

सरकार र दलको जिम्मेवारी अलग–अलग

लामिछानेले राजनीतिक दल र सरकारको जिम्मेवारी फरक भएकाले कामको स्पष्ट बाँडफाँडअनुसार अघि बढिरहेको बताए।

उनले सरकारको जिम्मेवारी प्रधानमन्त्री तथा सरकारका सम्बन्धित निकायले र राजनीतिक दलको जिम्मेवारी दलले निर्वाह गर्ने भएकाले एउटै काममा दोहोरोपन आवश्यक नरहेको बताए।

संसदीय समितिको काममा सरकारको स्वामित्व रहने

संसदीय समिति वा सर्वदलीय संयन्त्रमार्फत हुने कामको स्वामित्व सरकारले नलिने भन्ने अवस्था नरहेको पनि लामिछानेले स्पष्ट पारे।

संसदीय समितिले गर्ने काम तथा सर्वदलीय रूपमा तय हुने विषयलाई सरकारले जिम्मेवारीपूर्वक अघि बढाउने उनको भनाइ थियो।

बाढीको वास्तविक कारणबारे विज्ञ अध्ययन आवश्यक

लामिछानेले भोटेकोशी बाढीको प्रकृतिबारे विज्ञमार्फत अध्ययन गरी वास्तविक अवस्था चाँडै सार्वजनिक गर्नुपर्ने विषयमा सर्वदलीय बैठकमा छलफल भएको बताए।

बाढीको घटना जटिल र अनुसन्धान तथा प्राविधिक विज्ञता आवश्यक पर्ने विषय भएकाले सरकारले विज्ञको अध्ययनका आधारमा यसको प्रकृति र कारणबारे स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।

खोजी तथा उद्धारपछि राहत र पुनःस्थापनामा जोड

लामिछानेका अनुसार बाढीपछि सरकारले प्रारम्भिक चरणमा खोजी तथा उद्धारलाई प्राथमिकता दिएको थियो। अहिले राहत, पुनःस्थापना र पुनर्निर्माणतर्फ काम अघि बढिरहेको उनले बताए।

पुनःस्थापना तथा पुनर्निर्माण लामो प्रक्रिया भएकाले सम्बन्धित मन्त्रालय, विभाग तथा प्राधिकरणहरू योजना निर्माणदेखि फिल्डस्तरसम्म सक्रिय रहेको उनले जानकारी दिए।

उनले सरकारी निकायहरूबीच दैनिक बैठक, निर्णय तथा फिल्ड अनुगमनलगायतका काम निरन्तर भइरहेको बताउँदै काम युद्धस्तरमा भइरहेको दाबी गरे।

रास्वपाभित्रको आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास

रास्वपाभित्र सरकारका कामबारे हुने आलोचनालाई लामिछानेले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गरेका छन्।

उनले पार्टीभित्र फरक–फरक व्यक्तिले आफ्नै शैलीमा धारणा राख्ने गरेको भन्दै आफ्नै सरकारका कामबारे आलोचना गर्नु पनि लोकतान्त्रिक अभ्यासकै हिस्सा भएको बताए।

पार्टीका नेता तथा सांसदहरूले आफ्ना विचार व्यक्त गर्ने शैली फरक हुन सक्ने भए पनि त्यसबाहेक पार्टीभित्र कुनै अन्य समस्या नरहेको लामिछानेको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

slot gacor