कांग्रेसको १५औँ महाधिवेशन : सभापतिको उम्मेदवारी शुल्क ४० हजार, १० प्रस्तावक र १० समर्थक अनिवार्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०८३, बुधबार ०६:०२

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्देशिकामा केन्द्रीय सभापतिदेखि प्रदेश तथा स्थानीय तहसम्मका विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि लाग्ने शुल्क, प्रस्तावक र समर्थकसम्बन्धी व्यवस्था स्पष्ट गरिएको छ।

निर्देशिकाअनुसार केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क तोकिएको छ। सभापति पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि उम्मेदवारी दर्ता शुल्क ३० हजार रुपैयाँ निर्धारण गरिएको छ। सहमहामन्त्री पदमा उम्मेदवारी दिन २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

केन्द्रीय सदस्य पदका उम्मेदवारले भने ११ हजार रुपैयाँ मनोनयन शुल्क तिर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

निर्देशिकामा केन्द्रीय तहका अतिरिक्त प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र तथा स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्दा लाग्ने शुल्कसम्बन्धी व्यवस्था समेत समेटिएको छ।

कांग्रेसले १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र निर्धारित विधिअनुसार सञ्चालन गर्ने उद्देश्यले निर्वाचन निर्देशिका जारी गरेको जनाएको छ। निर्देशिकाले महाधिवेशनमा सहभागी हुने उम्मेदवारहरूको मनोनयनदेखि निर्वाचन प्रक्रियासम्मका विभिन्न पक्षलाई व्यवस्थित गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor