इन्द्रजात्राको साइत सार्वजनिक, असोज ९ र १० गते रथयात्रा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०८३, आईतवार ०६:१८

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका विभिन्न महत्वपूर्ण साइत सार्वजनिक गरेको छ।

समितिका अनुसार इन्द्रजात्राका लागि वन यात्रा जाने साइत भदौ २८ गते बिहान ९ः५३ बजे र रुख काट्ने साइत सोही दिन राति ८ः४७ बजे रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिंगोका लागि रुख काटेर ल्याउने परम्परा छ।

लिंगो नगर प्रवेश गराउने साइत असोज ३ गते बिहान ८ः०५ बजे र इन्द्रध्वजोत्थान गर्ने साइत असोज ७ गते बिहान ७ः४७ बजे निर्धारण गरिएको समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।

इन्द्रजात्राको मुख्य दिन असोज ९ गते तल्लो टोल र असोज १० गते माथिल्लो टोलमा रथयात्रा गरिनेछ। काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्वका रूपमा मनाइने इन्द्रजात्रामा कुमारी, गणेश र भैरवको रथयात्रासहित विभिन्न परम्परागत जात्रा तथा सांस्कृतिक गतिविधि सञ्चालन हुनेछन्।

असोज १३ गते नानीचा यात्रा, त्यसपछि जात्रा समापन

इन्द्रजात्राको अन्तिम चरणअन्तर्गत असोज १३ गते नानीचा यात्रा गरिनेछ। सोही दिन राति ९ः२५ बजे इन्द्रध्वजाको लिंगो ढालिनेछ।

इन्द्रध्वजाको लिंगो ढालेपछि यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा समापन हुने समितिले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor