ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी भारतमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०८३, आईतवार ०६:२७

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षपछि भारत भ्रमणमा आएका छन्। १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति सी शनिबार नयाँ दिल्ली पुगेका हुन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीसँग उच्चस्तरीय चिनियाँ अधिकारीहरूको टोली पनि भारत पुगेको छ। टोलीमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयका निर्देशक साइ ची तथा परराष्ट्रमन्त्री वाङ यी सहभागी छन्।

राष्ट्रपति सीले यसअघि सन् २०१९ मा भारतको भ्रमण गरेका थिए। त्यसको केही समयपछि लद्दाखमा भारत र चीनका सैनिकबीच झडप भएपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको थियो।

पछिल्ला वर्षहरूमा उच्चस्तरीय कूटनीतिक पहलसँगै भारत–चीन सम्बन्धमा क्रमशः सुधार हुँदै आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष चीनको भ्रमण गरेका थिए।

प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत पुगेका राष्ट्रपति सी शनिबार र आइतबार हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनेछन्।

सम्मेलनका क्रममा राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय वार्तासमेत हुने बताइएको छ। शनिबार साँझ हुने भनिएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सात वर्षपछि हुन लागेको राष्ट्रपति सीको भारत भ्रमणलाई भारत–चीन सम्बन्ध सुधारका लागि महत्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor