माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०८३, आईतवार ०६:०४

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको २०८३ साल भदौ २६ गते अपराह्न ३ः३० बजे बसेको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल तथा सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा १५७ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखारहित बैंकिङ सेवा तथा १९३ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकले हाल १८ लाखभन्दा बढी ग्राहक महानुभावलाई विभिन्न बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor