काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूँजी बजारको विकास तथा दीर्घकालीन सुधारका लागि आवश्यक कानुनी उपाय पहिचान गरी पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक र पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का उच्च अधिकारीलाई यस्तो निर्देशन दिएका हुन्।
छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, सेबोनका अध्यक्ष डा. गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित तथा सेबोनका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए।
बैठकमा पूँजी बजारमा देखिएका समस्या, विद्यमान नीतिगत तथा कानुनी व्यवस्था र त्यसमा गर्नुपर्ने सुधारका विषयमा छलफल भएको थियो।
अर्थमन्त्री वाग्लेले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र दीर्घकालीन रूपमा सबल बनाउन आवश्यक सुधारका उपाय अघि बढाउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका छन्।
प्रतिक्रिया