भोटेकोशी बाढीमा १,२५९ शव फेला, ५ हजार ८३ जना सम्पर्कविहीन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०८३, शुक्रबार ०५:५३

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार २५९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार साँझसम्म विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन्।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २१२ जनाको शव रहेका छन्।

हालसम्म ९५ शवको सनाखत भएको छ। सनाखत भएका शव आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।

बाढी तथा विपद्का कारण अझै ५ हजार ८३ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनमध्ये रसुवाका २ हजार १३०, नुवाकोटका २ हजार ३४० र ५८३ जना विदेशी नागरिक रहेका छन्।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। हालसम्म १२ हजार ८३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

बाढीबाट भएको ठूलो मानवीय क्षतिपछि शव पहिचान, आफन्तसँग सम्पर्क तथा बेपत्ताको खोजीलाई तीव्रता दिइएको छ। उद्धार टोलीले प्रभावित क्षेत्र तथा नदी आसपासका क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor