काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८०औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्।
संयुक्त राष्ट्रसंघको आयोजनामा अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा हुने महासभामा प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएका हुन्।
महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट विभिन्न अन्तर्राष्ट्रिय विषयमा धारणा राख्ने तयारी छ। महासभाका क्रममा विभिन्न मुलुकका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता तथा छलफलसमेत हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन परराष्ट्र मन्त्रालयले आवश्यक तयारी तीव्र पारेको छ। भ्रमणका क्रममा सहभागी हुने प्रतिनिधिमण्डल, कार्यक्रम तथा भेटवार्ताको कार्यतालिका तयार पार्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया