रसुवाबाट ल्याइएका २१ बेवारिसे शव पशुपति विद्युत् शवदाह गृहमा सुरक्षित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०८३, बिहीबार ०६:२०

काठमाडौं । रसुवाबाट ल्याइएका २१ वटा बेवारिसे शव पशुपतिको विद्युत् शवदाह गृहमा सुरक्षित रूपमा राखिएको छ। ती शवको हालसम्म पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।

रसुवामा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिपछि फेला परेका शवलाई काठमाडौं ल्याएर पशुपतिमा राखिएको हो। शवलाई तत्काल दाहसंस्कार नगरिएको र पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा नभएसम्म सुरक्षित राखिने व्यवस्था गरिएको छ।

पशुपति विकास कोषद्वारा सञ्चालित विद्युत् शवदाह गृहमा शवको संरक्षणका लागि आवश्यक व्यवस्था मिलाइएको जनाइएको छ। सम्बन्धित निकायले शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाउने तथा सनाखत भएपछि कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाउने तयारी गरेको छ।

बाढीका कारण ठूलो संख्यामा नागरिक बेपत्ता तथा मृत्यु भएकाले शव पहिचानका लागि डीएनए परीक्षणलगायत फोरेन्सिक प्रक्रिया समेत अघि बढाइएको छ। पहिचान नखुलेका शवलाई हतारमा दाहसंस्कार नगरी सुरक्षित राख्ने व्यवस्थाले आफन्तबाट सनाखत तथा वैज्ञानिक पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor