६४ हजार रुपैयाँ घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०८३, बुधबार ०६:४३

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो।

नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखामा प्रमुख इन्जिनियर (सातौँ तह) पदमा कार्यरत कार्कीले ‘स्ट्रक्चर एनालाइसिस’ (Structure Analysis) स्वीकृत गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरेको अख्तियारले जनाएको छ।

आयोगका अनुसार कार्कीले सेवाग्राहीलाई पटक–पटक दुःख तथा हैरानी दिँदै रकमका लागि बार्गेनिङ गरिरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भएको थियो। सोही आधारमा आयोगको कार्यालयबाट खटिएको टोलीले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो।

सो क्रममा इन्जिनियर कार्कीलाई ६४ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।

घुस लेनदेनमा मध्यस्थता गरेको आरोपमा आस्मा कार्कीलाई समेत पक्राउ गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरू दुवैलाई नगरपालिकाको थलीस्थित डाँछी कार्यालयबाट सोमबार नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि विशेष अदालतबाट आज म्याद थप गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए।

घटनाबारे अख्तियारले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor