काठमाडौं । स्वास्थ्य सेवा, जनस्वास्थ्य सचेतना तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले Rastriyakhabar.com र Wellness Hospital बीच आगामी तीन वर्षका लागि Media Partnership सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा Wellness Hospital का तर्फबाट अध्यक्ष श्रीमती सृजना शर्मा र Rastriyakhabar.com का तर्फबाट निर्देशक तथा सम्पादक कल्पना शर्मा ले हस्ताक्षर गर्नुभएको छ।
सम्झौताअनुसार आगामी तीन वर्षमा Wellness Hospital का स्वास्थ्य सेवा, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक गतिविधि, विशेषज्ञका सुझाव, स्वास्थ्य शिविर, सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा जनस्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण विषयलाई प्रभावकारी रूपमा सञ्चारमाध्यममार्फत जनतासम्म पुर्याउने सहकार्य हुनेछ।
Wellness Hospital ले बिरामीको आवश्यकताअनुसार चिकित्सकीय परामर्श तथा डायग्नोस्टिक सेवा, प्याथोलोजी तथा ECG, फिजियोथेरापी तथा न्युरो रिह्याबिलिटेसन, अकुपञ्चर, हर्बल स्टीम, कपिङ तथा म्यानुअल थेरापीलगायत विभिन्न स्वास्थ्य तथा पुनर्स्थापना सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। अस्पतालले आधुनिक निदान सेवासँग प्राकृतिक तथा समग्र स्वास्थ्य उपचार पद्धतिलाई समेत जोड दिँदै आएको छ।
उहाँका अनुसार अस्पतालले बिरामीको स्वास्थ्यसँगै स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य परीक्षण, पुनर्स्थापना तथा जनस्वास्थ्य सचेतनालाई प्राथमिकता दिँदै आएको छ। आगामी दिनमा सञ्चारमाध्यमसँगको सहकार्यबाट स्वास्थ्यसम्बन्धी उपयोगी र विश्वसनीय जानकारी अझ व्यापक रूपमा नागरिकसम्म पुर्याउने लक्ष्य रहेको छ।
Rastriyakhabar.com का निर्देशक तथा सम्पादक कल्पना शर्मा ले Wellness Hospital जस्तो स्वास्थ्य क्षेत्रमा सक्रिय संस्थासँग तीन वर्षे मिडिया साझेदारी गर्न पाउनु गौरवको विषय भएको बताउँदै स्वास्थ्यसम्बन्धी तथ्यपरक, उपयोगी र जनचेतनामूलक सामग्रीलाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभयो, “मिडियाको भूमिका समाचार प्रकाशनमा मात्र सीमित हुँदैन। नागरिकलाई सही सूचना दिने, स्वास्थ्यप्रति सचेत बनाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने जिम्मेवारी पनि सञ्चारमाध्यमको हो। Wellness Hospital सँगको यो सहकार्यलाई हामी त्यही उद्देश्यअनुसार अघि बढाउनेछौँ।”
यस सहकार्यअन्तर्गत अस्पतालका स्वास्थ्य सेवा तथा विशेषज्ञ परामर्शसँग सम्बन्धित जानकारी, स्वास्थ्य सचेतनामूलक सामग्री, रोगको रोकथाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी सामग्री, स्वास्थ्य शिविर तथा सामाजिक सेवाका गतिविधिलाई Rastriyakhabar.com मार्फत व्यापक रूपमा प्रवाह गर्ने योजना रहेको छ।
यसबाट Wellness Hospital का स्वास्थ्य सेवाबारे आमनागरिकमा जानकारी बढ्नुका साथै स्वास्थ्यसम्बन्धी जनचेतना विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
Rastriyakhabar.com ले राष्ट्रिय राजनीति, अर्थतन्त्र, व्यवसाय, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद तथा सामाजिक विषयलगायत विविध क्षेत्रका समाचार तथा सामग्री प्रकाशन गर्दै आएको छ। Wellness Hospital सँगको तीन वर्षे सहकार्यले विशेषगरी स्वास्थ्य सूचना र जनचेतनाको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
प्रतिक्रिया