आज पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने, तराईको मौसम सफा रहने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ कार्तिक २०८३, आईतवार ०८:१२

 कात्तिक ८ काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ। तराईका अधिकांश स्थानमा भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिक रूपमा बादल लाग्ने अनुमान गरिएको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

यसैगरी, तराई, उपत्यका र खोँचका केही स्थानमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्न सक्ने जनाइएको छ। त्यसले बिहानको समयमा सडकमा यात्रा गर्नेहरूलाई केही असहज हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिन्छ।

महाशाखाले सोमबारको मौसमबारे गरेको अनुमानअनुसार हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम सामान्यतया सफा रहनेछ। सोमबार कोशी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।

मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै हिमाली क्षेत्रमा यात्रा गर्ने तथा बिहानको समयमा सडकमा निस्कने सर्वसाधारणले आवश्यक सतर्कता अपनाउनु उचित हुनेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor