मामु -भुकम्प भुत हो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०८३, शनिबार ०७:३३

कल्पना शर्मा

सुत्ने बेलामा मैले एक कक्षामा पढ्ने मेरो कान्छो छोरालाई सोधे “हाउ वाज योर डे” उसले उत्तर दिएन मैले फेरि सोधे भनन बाबु । उसले भन्योे “मामु,भुकम्प भुत हो ।”
मैले हैन भने
उसले फेरि सोध्योे “राक्षस हो ?”
म “हैन,किन र ? ”
उ “भन न त को हो भुकम्प ? मलाइ डर लाग्छ के । ”
म “कसले भन्यो भुकम्पको बारेमा”
उ म्यामले ।
म “के भन्नु भयो ?”
उ “भुकम्प आउदा भाग्न हुदैन टेबलमुनी लुक्न पर्छ भन्नुभयो । डराएर भाग्न हुन्न भन्नुभयो । ”
“टेबलमुनी  भुकम्प किन आउन सक्दैन मामु ?”
उसले विद्यालयमा सिकाएको सुरक्षा शिक्षालाई अधकल्चो पो बुझेछ । उसको दाजु खितखिताउँदै हास्यो । मलाई भने उसको बालसुलभ हृदयको भय देखेर डर र पिर दुवै लाग्यो । मैले बत्ति बाले अनि उसलाइ पनि उठाए । पंखा खोले अनि उसलाइ सोधे  “तिमिले हावालाई फिल गर्दै छौ । ”
उ “गर्दै छु । ”
म “भन त कस्तो छ हावा ”
उ “चिसो छ । ”
म “उसको अनुहार कस्तो छ ?”
उ “उसको अनुहार नै छैन । ”
म “हावा भुत हो कि राक्षस हो त ?”
उ “केहि पनि हैन । हावा त हावा हो । ”
म “हो हावा हावा भए जस्तै भुकम्प पनि भुकम्प हो भुत राक्षस केहि पनि हैन । ”
उ “अनि किन टेबलमुनी  लुक्नु त । ”
उसलाई भुकम्प के हो किन आउँछ भन्ने प्रश्नले निकै विचलित बनाएको महसुस गरे । मेरो ठुलो छोराले मामु म डेमो देखाउँुछु भाइलाइ भन्यो र खाटमा उफ्रिन थाल्यो ।
“हेर भाई यसरी आउँछ भुकम्प ।
सानु “कता बाट आउँछ ?”
मैले मोबाइल खोले हामि बस्ने पृथ्वीको तल के के हुन्छ ,कस्तो संरचना हुन्छ कति तह हुन्छ ,पानी कति छ, जमिन कति छ भनेर केहि हद सम्म उसलाइ सम्झाउने कोसिस गरे । जमिन मुनिका प्लेटहरु हल्लिँदा कसरी पृथ्वीमा कम्पन हुन्छ भनेर उसलाइ देखाए । अनि भुकम्प आउँदा टेबलमुनि बस्नुको कारण पर्खाल ,छत फुटेर हाम्रो टाउको तथा शरिरमा चोट नलागोस भनेर हो भने । भाग्न नहुने कारण चाँही आत्तिएर भाग्दा घाउ,चोट लाग्न सक्छ भने पछि उ केहि हद सम्म निस्फिक्र भयो र फेरि सोध्यो ।
“अब भुकम्प कहिले आउँछ मामु ?”
म “आज अहिले आउन पनि सक्छ ,धेरै समय पछि आउन पनि सक्छ , बिस्तारै हामिले थाहा नपाउने गरि आउन पनि सक्छ धेरै ठुलो आउन पनि सक्छ ”भने ।

उ धेरै हद सम्म निस्फिक्र थियो तर जतिबेला पनि आउन सक्छ भन्ने कुराले उसलाई चिन्तिन पनि पारेको थियो । मैले उ भित्रको अलिअलि चिन्तालाई मेटाउन पनि सकिन किनभने आउँदै आउँदैन त भन्न पनि मिलेन । त्यो चिन्तालाई मैले आत्मसुरक्षाका रुपमा विकसित होस भन्न चाहे ।
हामीबीच भएको यो संवाद सायद सामान्य लाग्न सक्छ । तर अज्ञानताले एउटा अबोध बालक त्रसित थियो । मेरो छोराले जस्तै ‘टेबलमुनि भूकम्प आउँदैन’ भनेर बुझेको भए त्यसले सुरक्षा शिक्षाको उद्देश्य नै उल्टो बनाउन सक्ने थियो । त्यसले मलाई एउटा गम्भीर प्रश्न सोच्न बाध्य बनायो,हामीले विपद्का बारेमा आफ्ना बालबालिकालाई कति र कसरी बुझाइरहेका छौँ?
बाढी, पहिरो, चट्याङ, भूकम्प, आगलागी लगायतका विपद्को सामना हामीले जुनसुकै बेला गर्नुपर्ने हुन सक्छ । बालबालिकामा सही ज्ञान र व्यवहारिक अभ्यास भयो भने जोखिम केही हदसम्म घटाउन सकिन्छ ।“विद्यालयमा सिकिहाल्छन् नि” भनेर मात्र ढुक्क भएर बस्न पनि हुँदैन । विद्यालयमा सिकाइएको कुरा बालबालिकाले कसरी बुझेका छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।
त्यसैले विद्यालयमा आत्मसुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी शिक्षा अनिवार्य र व्यवहारिक रूपमा लागू गरिनुपर्छ । आपत्कालीन अवस्थामा कसरी सुरक्षित हुने, कसरी छिटो तर संयमित निर्णय लिने र अरूलाई कसरी सहयोग गर्ने भन्ने कुरा पनि बालबालिकालाई उमेर अनुसार सिकाइनुपर्छ ।
अभिभावकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । विद्यालयमा सिकेर आएका कुरालाई घरमा फेरि दोहो¥याउने,नाटकीय अभिनय गरेर सम्झने वातावरण बनाउन सकिन्छ । हामीले बालबालिकालाई विपद्बारे सिकाउँदा उनीहरू डराउँछन् कि भनेर धेरै कुरा बताउन चाहँदैनौँ । तर बालबालिकालाइ उचित ज्ञान दिइयो भने विपदलाई हाउगुजी मानेर डराइहने अवस्था आउँदैन ।
त्यसैले बालमष्तिस्कमा विपदलाई भूत वा राक्षस बन्न नदिऔँ।

प्रतिक्रिया

Leave a Reply

slot gacor