दसैँको टीकाको चौथो दिन -मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०८३, शनिबार ०७:२४

कात्तिक ८ काठमाडौं । बडादसैँको अवसरमा मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी रहेको छ। विजयादशमीका दिन विभिन्न कारणले टीका लगाउन छुटेका सर्वसाधारण आफन्त तथा मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने गरिरहेका छन्।

नेपाली धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार विजयादशमीदेखि सुरु हुने टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। यस अवधिमा परिवारका सदस्य, आफन्त तथा इष्टमित्रबीच भेटघाट गर्ने, सुखदुःख साटासाट गर्ने र पारिवारिक सम्बन्धलाई थप बलियो बनाउने परम्परा रहेको छ।

दसैँलाई धार्मिक आस्थासँगै पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र सामाजिक एकताको पर्वका रूपमा समेत लिने गरिन्छ। मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न आफन्तका घर जानेहरूको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडक तथा बजार क्षेत्रमा पनि सर्वसाधारणको आवागमन देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor