काठमाडौं । काठमाडौंको व्यस्त शहरी जीवनबाट केही समय टाढा रहेर प्रकृतिको काखमा संस्थागत बैठक, रणनीतिक योजना, छलफल तथा टिम रिट्रिट गर्न चाहनेहरूका लागि Langtang Eco Resort & Farm House आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
जर्सिंपौवाको शान्त, हरियालीपूर्ण तथा रमणीय प्राकृतिक वातावरणमा अवस्थित लाङटाङ इको रिसोर्टले कर्पोरेट संस्था, सहकारी, विभिन्न संघ–संस्था तथा समूहहरूका लागि Board Meeting, Strategic Planning, Annual/Periodic Review, Team Discussion तथा Institutional Retreat लगायतका कार्यक्रम आयोजना गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ।
औपचारिक होटल वा पार्टी प्यालेसको सीमित वातावरणभन्दा फरक प्राकृतिक परिवेशमा बैठक तथा छलफल गर्दा सहभागीहरूलाई सहज रूपमा विचार आदान–प्रदान, नयाँ योजना निर्माण तथा सिर्जनात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास रिसोर्ट सञ्चालकको छ।
रिसोर्टका सञ्चालक साधुराम लामिछानेका अनुसार Langtang Eco Resort & Farm House लाई केवल खानपिन र बसोबास गर्ने स्थानका रूपमा मात्र नभई प्रकृति, कृषि, संस्थागत योजना, मनोरञ्जन र टिम अनुभवलाई एकै ठाउँमा जोड्ने विशेष गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ।
जर्सिंपौवाको शान्त, हरियालीपूर्ण तथा रमणीय प्राकृतिक वातावरणमा रहेको रिसोर्टमा काठमाडौंको व्यस्त शहरी वातावरणबाट केही समय बाहिर निस्किएर संस्थागत बैठक, योजना निर्माण, छलफल, समीक्षा तथा टिम रिट्रिट गर्न सकिने उनको भनाइ छ।
सञ्चालक लामिछानेका अनुसार अहिलेको व्यस्त जीवनशैलीमा कार्यालयभित्र बसेर मात्रै बैठक र योजना निर्माण गर्नुभन्दा केही समय प्राकृतिक वातावरणमा बसेर छलफल गर्दा सहभागीहरूमा नयाँ सोच, सिर्जनात्मकता र सकारात्मक ऊर्जा थपिन सक्छ।
“प्रकृतिको शान्त वातावरणमा बसेर गरिने छलफलले मानिसलाई नयाँ सोच र नयाँ ऊर्जा दिन्छ। संस्थाका लागि बैठक मात्रै होइन, टिमबीचको सम्बन्ध बलियो बनाउने, नयाँ योजना बनाउने र केही समय प्रकृतिसँग जोडिने अवसर पनि आवश्यक हुन्छ,” सञ्चालक लामिछानेले भने।
उनका अनुसार रिसोर्टमा Board Meeting, Strategic Planning, Annual/Periodic Review, Management Discussion, Team Discussion तथा Institutional Retreat लगायतका कार्यक्रम संस्थाको आवश्यकता र उद्देश्यअनुसार सञ्चालन गर्न सकिन्छ।
त्यसैगरी बैठक तथा छलफलसँगै सहभागीहरूलाई प्रकृति र स्थानीय जीवनशैलीसँग जोड्न Farm Experience, Hiking, Outdoor Activities तथा Team Building जस्ता गतिविधि पनि समावेश गर्न सकिने उनले बताए।
“हाम्रो प्रयास यहाँ आउने मानिसले केवल एउटा बैठक गरेर फर्किने होइन, केही नयाँ अनुभव लिएर फर्किऊन् भन्ने हो। बैठकसँगै प्रकृति हेर्ने, फार्ममा समय बिताउने, स्थानीय उत्पादनबारे बुझ्ने, हिँडडुल गर्ने र टिमका साथीहरूसँग अनौपचारिक रूपमा समय बिताउने वातावरण बनाउन खोजेका छौँ,” लामिछानेले भने।
लाङटाङ इको रिसोर्टमा संस्थाको आवश्यकता, सहभागी संख्या, कार्यक्रमको अवधि तथा बजेटअनुसार विभिन्न प्रकारका प्याकेज तयार गर्न सकिने सञ्चालक लामिछानेले बताए।
Meeting, Refreshment, Lunch/Dinner, Farm Experience, Team Building, Hiking तथा Accommodation लगायतका सेवाहरूलाई आवश्यकताअनुसार एउटै प्याकेजमा समेटेर संस्थागत कार्यक्रम सञ्चालन गर्न सकिनेछ।
उनका अनुसार कर्पोरेट संस्था, सहकारी, विभिन्न संघ–संस्था, सामाजिक संस्था तथा समूहहरूले आफ्नो उद्देश्यअनुसार कार्यक्रमको स्वरूप तय गर्न सक्छन्।
औपचारिक बैठकपछि सहभागीहरूबीच अनौपचारिक संवाद, अनुभव आदान–प्रदान र आपसी सम्बन्ध विस्तार गर्न सकिने भएकाले संस्थागत रिट्रिटको अवधारणा पछिल्लो समय अझ महत्वपूर्ण बन्दै गएको उनको भनाइ छ।
लाङटाङ इको रिसोर्टको अर्को विशेष आकर्षण स्थानीय तथा आफ्नै फार्मबाट उत्पादन हुने ताजा, मौसमी कृषि उपज रहेको सञ्चालक साधुरामले बताए।
सहभागीहरूले संस्थागत कार्यक्रमसँगै स्थानीय उत्पादनबाट तयार गरिएका परिकारको स्वाद लिनुका साथै कृषि, स्थानीय जीवनशैली र प्रकृतिसँग प्रत्यक्ष जोडिने अवसर पाउनेछन्।
उनका अनुसार आधुनिक जीवनशैलीमा व्यस्त भइरहेका मानिसहरूलाई केही समय प्रकृतिसँग जोड्दै स्थानीय उत्पादन र कृषि संस्कृतिको अनुभव गराउने उद्देश्यले फार्म हाउसको अवधारणालाई समेत प्राथमिकता दिइएको छ।
पत्रकार तथा सामाजिक अभियन्ता मुकुन्द ढुंगानाले लाङटाङ इको रिसोर्टको अवधारणा र वातावरणको प्रशंसा गर्दै काठमाडौं उपत्यकाबाट नजिकै रहेर पनि प्रकृतिको वास्तविक आनन्द लिन सकिने सम्भावनायुक्त गन्तव्यका रूपमा यसलाई विकास गर्न सकिने बताए।
ढुंगानाका अनुसार पछिल्लो समय संस्थागत बैठक, रणनीतिक योजना, टिम रिट्रिट तथा कार्यसम्पादन समीक्षा जस्ता कार्यक्रमलाई कार्यालयको चार पर्खालभित्र सीमित राख्नुभन्दा प्राकृतिक वातावरणसँग जोडेर आयोजना गर्ने अभ्यास बढ्दै गएको छ।
“लाङटाङ इको रिसोर्टको सबैभन्दा राम्रो पक्ष भनेको यहाँ प्रकृति, कृषि, खानपिन, बैठक र टिम अनुभवलाई एउटै अवधारणामा जोड्न सकिने सम्भावना हो। शान्त वातावरणमा बसेर संस्थाको आगामी योजना बनाउनु, सहकर्मीबीच आत्मीयता बढाउनु र नयाँ ऊर्जा लिएर फर्किनु आफैंमा महत्वपूर्ण अनुभव हो,” ढुंगानाले भने।
उनले जर्सिंपौवाको प्राकृतिक सौन्दर्य, हरियाली वातावरण र स्थानीय परिवेशलाई सही ढंगले प्रवर्द्धन गर्न सके लाङटाङ इको रिसोर्ट आन्तरिक पर्यटन तथा संस्थागत कार्यक्रमका लागि आकर्षक गन्तव्य बन्न सक्ने बताए।
“यो केवल एउटा रिसोर्ट होइन, प्रकृतिसँग जोडिएर नयाँ सोच जन्माउने ठाउँ बन्न सक्छ। यहाँको वातावरण, कृषि र स्थानीयपनलाई संरक्षण गर्दै व्यावसायिक रूपमा अघि बढाउन सकियो भने जर्सिंपौवाको पर्यटन विकासमा पनि यसको योगदान महत्वपूर्ण हुन सक्छ,” ढुंगानाले थपे।
लाङटाङ इको रिसोर्टमा संस्थाको उद्देश्य र आवश्यकताअनुसार विभिन्न कार्यक्रम आयोजना गर्न सकिने जनाइएको छ।
Board Meeting, Strategic Planning, Presentation, Discussion, Annual Review, Team Discussion, Institutional Retreat लगायतका कार्यक्रमसँगै Farm Experience, Hiking, Outdoor Activities तथा Team Building जस्ता गतिविधिलाई समेत कार्यक्रममा समावेश गर्न सकिनेछ।
यसले औपचारिक बैठकपछि सहकर्मीबीच अनौपचारिक संवाद, अनुभव आदान–प्रदान र आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
रिसोर्टले सहभागीको संख्या, कार्यक्रमको प्रकृति, समयावधि र बजेटअनुसार किफायती तथा आकर्षक प्याकेज तयार गर्न सकिने जनाएको छ।
बैठक, खानपिन, फार्म अनुभव, टिम बिल्डिङ, हाइकिङ तथा आवश्यकताअनुसार आवास सुविधालाई एउटै प्याकेजमा समेटेर संस्थागत कार्यक्रमलाई व्यवस्थित बनाउन सकिनेछ।
प्रकृतिको शान्त वातावरण, हरियाली, स्थानीय उत्पादन, फार्म अनुभव र आत्मीय आतिथ्यका कारण लाङटाङ इको रिसोर्ट संस्थागत कार्यक्रमसँगै परिवार, समूह तथा प्रकृतिप्रेमीका लागि समेत उपयुक्त गन्तव्य बन्न सक्ने देखिन्छ।
Nature • Meeting • Food • Experience • Team Bonding लाई एउटै गन्तव्यमा जोड्दै लाङटाङ इको रिसोर्टले प्रकृतिसँग जोडिएर नयाँ सोच, सहकार्य र नयाँ ऊर्जा प्राप्त गर्ने वातावरण निर्माण गर्ने प्रयास गरिरहेको छ।
जर्सिंपौवाको प्राकृतिक सौन्दर्य र स्थानीय सम्भावनालाई पर्यटनसँग जोड्दै अघि बढेको लाङटाङ इको रिसोर्टको यो प्रयासले स्थानीय उत्पादन, कृषि र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया