IPDF को पहलमा ३डी प्रिन्टेड ‘भिक्टोरिया ह्यान्ड’ मार्फत रूपेश कटुवाललाई निःशुल्क कृत्रिम हात

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०८३, शुक्रबार ०६:१४

काठमाडौं । International Project Development Forum (IPDF) को फिटनेस विभागकी संयोजक श्रीमती सोबिता धमालाको पहल तथा Limb Care Nepal को सहयोगमा धादिङ निवासी रूपेश कटुवाललाई निःशुल्क कृत्रिम हात जडान गरी सहयोग गरिएको छ।

कटुवाललाई जडान गरिएको कृत्रिम हातको ट्रेडमार्क नाम ‘Victoria Hand’ हो। यो 3D Printed Victoria Hand प्रविधिमा आधारित कृत्रिम हात हो। IPDF का अनुसार परियोजना सञ्चालनको समयमा दक्षिण–पूर्वी एसियामै यस प्रकारको प्रविधिबाट कृत्रिम हात निर्माण गर्ने पहल नयाँ र महत्वपूर्ण कामका रूपमा अघि बढाइएको थियो।

कृत्रिम हातखुट्टा निर्माण तथा वितरणमा सक्रिय जयपुरका चिकित्सकहरू समेत IPDF को प्रयोगशाला अवलोकन गर्न आएको जनाइएको छ। यसले नेपालमा ३डी प्रिन्टेड कृत्रिम अंग निर्माणको क्षेत्रमा गरिएको पहलको महत्वलाई थप पुष्टि गरेको IPDF ले जनाएको छ।

यस मानवीय सहयोगबाट रूपेश कटुवालको जीवनमा नयाँ आत्मविश्वास, आशा, उत्साह र आत्मनिर्भरतातर्फ अघि बढ्ने प्रेरणा थपिने विश्वास गरिएको छ।

‘सेवा नै मानवताको सबैभन्दा ठूलो धर्म हो’ : अनार रत्न बज्राचार्य

Limb Care Nepal का अध्यक्ष श्री अनार रत्न बज्राचार्यले मानवीय सेवाभन्दा ठूलो धर्म अर्को नभएको बताउँदै आवश्यकतामा रहेका व्यक्तिलाई आधुनिक प्रविधिमा आधारित कृत्रिम अंग उपलब्ध गराउने अभियानलाई निरन्तरता दिने बताए।

उनले रूपेश कटुवाललाई कृत्रिम हात उपलब्ध गराउनु केवल एउटा सहयोग मात्र नभई उनको दैनिक जीवनलाई सहज बनाउने र आत्मविश्वास बढाउने महत्वपूर्ण प्रयास भएको बताए।

‘सहकार्यबाट सेवाको प्रभाव अझ विस्तार गर्न सकिन्छ’ : अमित रत्न बज्राचार्य

Limb Care Nepal का प्रबन्ध निर्देशक श्री अमित रत्न बज्राचार्यले विभिन्न संस्था तथा व्यक्तिको सहकार्यबाट मानवीय सेवाका अभियानलाई प्रभावकारी बनाउन सकिने बताए।

उनले IPDF फिटनेस विभागकी संयोजक सोबिता धमालाको पहल तथा सम्बन्धित सबैको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यकता भएका व्यक्तिसम्म कृत्रिम अंगको पहुँच पुर्‍याउने अभियानमा सक्रिय रहने बताए।

‘सेवा केवल सहयोग होइन, आशा र आत्मविश्वास जगाउने माध्यम हो’ : मुकुन्द ढुंगाना

International Project Development Forum (IPDF) का अध्यक्ष मुकुन्द ढुंगानाले मानव सेवाभन्दा ठूलो धर्म अर्को नभएको बताएका छन्।

अध्यक्ष ढुंगानाले रूपेश कटुवाललाई निःशुल्क 3D Printed Victoria Hand उपलब्ध गराउने कार्यमा पहल गर्ने फिटनेस विभागकी संयोजक सोबिता धमाला, सहयोग गर्ने Limb Care Nepal, प्रबन्ध निर्देशक अमित रत्न बज्राचार्य, अध्यक्ष अनार रत्न बज्राचार्य तथा Fit Zoon Fitness सहित प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरे।

उनले भने, “सेवा केवल सहयोग होइन, कसैको जीवनमा आशा र आत्मविश्वास जगाउने माध्यम पनि हो। IPDF सेवा, सहकार्य र सामाजिक उत्तरदायित्वमा सदैव अग्रसर रहनेछ।”

अध्यक्ष ढुंगानाले आगामी दिनमा पनि International Project Development Forum (IPDF) ले स्वास्थ्य, फिटनेस, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा विभिन्न संस्था र सरोकारवालासँग सहकार्य गर्दै सेवा अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

मानवीय सेवाको यस अभियानले समाजमा सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना थप बलियो बनाउने विश्वास गरिएको छ।

 

 

प्रतिक्रिया

slot gacor