काठमाडौं । International Project Development Forum (IPDF) ले पुर्णिमा कोइरालालाई Art, Culture & Entertainment Department को संयोजकमा नियुक्त गरेको छ।
नेपालको कला, संस्कृति, साहित्य, संगीत, नृत्य, चलचित्र तथा मनोरञ्जन क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले कोइरालालाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
विभागले मौलिक कला तथा संस्कृतिको संरक्षणसँगै कलाकार, सर्जक तथा सिर्जनशील प्रतिभाको प्रवर्द्धन, क्षमता विकास, सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका परियोजना सञ्चालनमा जोड दिने जनाएको छ।
नियुक्तिपछि पुर्णिमा कोइरालाले आफूलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा IPDF अध्यक्ष मुकुन्द ढुंगाना तथा संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै कला, संस्कृति तथा मनोरञ्जन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
IPDF अध्यक्ष मुकुन्द ढुंगानाले कोइरालालाई नियुक्तिका लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले कोइरालाको सिर्जनशीलता, क्षमता र नेतृत्वले कला, संस्कृति तथा मनोरञ्जन क्षेत्रलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया