IPDF को कृषि तथा अनुसन्धान विभागको संयोजकमा केशव शर्मा नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०८३, शुक्रबार ०६:५५

काठमाडौं । International Project Development Forum (IPDF) ले केशव शर्मालाई Agriculture & Research Department को संयोजकमा नियुक्त गरेको छ।

कृषि क्षेत्रको आधुनिकीकरण, अनुसन्धान, नवप्रवर्तन, दिगो कृषि विकास तथा कृषिसँग सम्बन्धित परियोजनालाई प्रवर्द्धन गर्ने उद्देश्यले शर्मालाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

कृषि क्षेत्रमा अनुसन्धान तथा नयाँ प्रविधिको प्रयोग, उत्पादन वृद्धि, दिगो कृषि प्रणालीको विकास र कृषिसँग सम्बन्धित सम्भावनाको खोजीमा विभागले काम गर्ने IPDF ले जनाएको छ।

नियुक्तिपछि केशव शर्माले आफूलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा IPDF अध्यक्ष मुकुन्द ढुंगाना तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै कृषि तथा अनुसन्धान क्षेत्रको विकासका लागि आफ्नो अनुभव र क्षमताको अधिकतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

IPDF अध्यक्ष मुकुन्द ढुंगानाले शर्मालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कृषि तथा अनुसन्धान क्षेत्रमा उनको ज्ञान, अनुभव र सक्रियताले IPDF को अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष ढुंगानाले IPDF अन्तर्गतका विभागहरूलाई परियोजनामुखी, अनुसन्धानमुखी र परिणाममुखी बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संस्थाको प्रभाव विस्तार गर्ने लक्ष्य रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

 

 

slot gacor