काठमाडौं । International Project Development Forum (IPDF) ले सोबिता धमलालाई फिटनेस, जुम्बा तथा वेलनेस विभाग (Fitness, Zumba & Wellness Department) को संयोजकमा नियुक्त गरेको छ।
फिटनेस, जुम्बा, स्वास्थ्य, शारीरिक सक्रियता तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले IPDF अन्तर्गत गठित उक्त विभागको नेतृत्व धमलाले गर्नेछिन्।
धमलाको फिटनेस तथा वेलनेस क्षेत्रमा रहेको रुचि, अनुभव र सक्रियतालाई उपयोग गर्दै स्वस्थ, सक्रिय तथा सकारात्मक समुदाय निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने IPDF ले अपेक्षा गरेको छ। विभागले फिटनेस, जुम्बा तथा वेलनेससम्बन्धी तालिम, जनचेतनामूलक कार्यक्रम, अभियान तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने लक्ष्य राखेको छ।
नियुक्तिपछि सोबिता धमलाले आफूलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा IPDF अध्यक्ष मुकुन्द ढुंगाना तथा संस्थाप्रति आभार व्यक्त गर्दै फिटनेस र वेलनेस क्षेत्रको विकासका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
IPDF अध्यक्ष मुकुन्द ढुंगानाले धमलालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको नेतृत्वले स्वस्थ, सक्रिय र सकारात्मक समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
ढुंगानाले IPDF अन्तर्गतका सम्पूर्ण विभागीय नेतृत्वलाई बधाई दिँदै भने, “यहाँहरूको नेतृत्व, सक्रियता, क्षमता र अनुभवले सम्बन्धित विभागलाई थप प्रभावकारी बनाउँदै IPDF को उद्देश्य र अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छु।”
प्रतिक्रिया