काठमाडौं । दशैंको अवसरमा गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल बुद्धचोकस्थित वि प्ले स्पोर्टस् एरिनामा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
‘बिएमजे दशैं कप–२०८३’ नाम दिइएको प्रतियोगिता असोज २५ गते एकदिवसीय रूपमा सञ्चालन हुने आयोजक बिएमजे रिलोडेड क्लबले जनाएको छ। क्लबका अध्यक्ष पवन खत्रीका अनुसार प्रतियोगिताको तयारी अघि बढिरहेको छ। प्रतियोगितामा सहभागी हुने टोलीको संख्या भने हालसम्म निश्चित भइसकेको छैन।
वि प्ले स्पोर्टस् एरिनाका सञ्चालक तथा व्यवस्थापक आङछिरिङ शेर्पाले छोटो समयमै एरिनामा विभिन्न खेलकुद गतिविधि सञ्चालन हुँदै आएको बताए।
दशैंको अवसरमा आयोजना हुने फुटबल प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरसँगै खेलप्रेमीलाई मनोरञ्जन प्रदान गर्ने विश्वास आयोजकको छ।
प्रतिक्रिया