काठमाडौं । स्मार्ट सेलको उपकरण लिलामी गरी राज्यलाई ठगी गरेको आरोपमा २२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले बुधबार २२ जनाविरुद्ध मुद्दा दायर गरेको हो। अभियुक्तहरूमा एनसेलका सञ्चालक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ), नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीसहित लिलामी प्रक्रियामा संलग्न व्यक्तिहरू रहेका छन्।
उनीहरूविरुद्ध ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुर गरी तीनवटा मुद्दा दायर गरिएको छ।
लाइसेन्स खारेज भएपछि सरकारको स्वामित्वमा आएको स्मार्ट सेलका उपकरणहरू मिलेमतोमा लिलामी गरी राज्यलाई नोक्सानी पुर्याएको अभियोग उनीहरूमाथि लगाइएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको करिब ६ महिना लामो अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।
प्रतिक्रिया