जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०८३, बिहीबार ०५:५०

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्।

प्रहरी उच्च स्रोतका अनुसार श्रेष्ठलाई ललितपुरको कुसुन्ती (बागडोल)स्थित निवासबाट पक्राउ गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन तथा विद्युतीय अपराधसम्बन्धी कसुरमा उजुरी परेको छ। सोही उजुरी तथा जाहेरीका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor