पर्सामा स्रोत नखुलेको साढे ५२ लाख नगदसहित चार जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०८३, बुधबार ०६:१२
काठमाडौं । पर्साको वीरगन्जबाट प्रहरीले स्रोत नखुलेको साढे ५२ लाख रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रबाट दुई वटा मोटरसाइकलमा सवार उनीहरूलाई ५२ लाख ५० हजार रुपैयाँ नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार सोमबार राति विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने व्यक्तिहरू:
  • सुरज कर्ण (२६ वर्ष) – सितामढी, बिहार (भारत)
  • राहुल गुप्ता (२५ वर्ष) – पर्सा
  • उपेन्द्र साह (३२ वर्ष) – बारा
  • सागरकुमार सर्राफ (२६ वर्ष) – बारा
मोटरसाइकल र रकम बरामद
प्रहरीले उनीहरूले प्रयोग गरेका प्रदेश २–०३–००३ प ७२१५ना ५७ प ५१८२ नम्बरका दुई वटा मोटरसाइकल समेत जफत गरेको छ। बरामद गरिएको उक्त मोटो रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन वा हुन्डी कारोबार अन्तर्गत मुद्दा चलाउने तयारीसहित जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor