काठमाडौं । अन्तर्राष्ट्रिय परियोजना विकास मञ्च (आईपीडीएफ) को उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी शीतल शर्माले सम्हालेकी छन्। शर्मालाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरिएसँगै संस्थाका अध्यक्ष मुकुन्द ढुंगानाले उनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष ढुंगानाले शर्माको अनुभव, सक्रियता, नेतृत्व क्षमता, कार्यकुशलता तथा संस्थाप्रतिको प्रतिबद्धताले अन्तर्राष्ट्रिय परियोजना विकास मञ्चलाई थप सशक्त, प्रभावकारी र गतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
ढुंगानाले शर्माको कार्यकाल सफल, उपलब्धिमूलक तथा प्रेरणादायी हुने विश्वास व्यक्त गर्दै संस्थाको उद्देश्य, नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन उनको नेतृत्वदायी भूमिका महत्वपूर्ण हुने बताएका छन्।
‘शीतलजीको अनुभव, सक्रियता र नेतृत्व क्षमताले संस्थालाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ,’ अध्यक्ष ढुंगानाले भने, ‘उहाँको नेतृत्वमा नयाँ परियोजना विकास, लगानी प्रवर्द्धन तथा ज्ञान र सीप आदान–प्रदानका क्षेत्रमा संस्थाले थप प्रभावकारी काम गर्ने अपेक्षा गरेका छौँ।’
उनले संस्थाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भूमिका विस्तार गर्दै परियोजना विकास, लगानी प्रवर्द्धन तथा राष्ट्रिय विकासका विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न शर्माको योगदान महत्वपूर्ण हुने बताए।
उपाध्यक्षको जिम्मेवारी पाएपछि शीतल शर्माले आफूलाई विश्वास गरी महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा संस्थाका अध्यक्ष मुकुन्द ढुंगानासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।
शर्माले आफूलाई प्राप्त बधाई, शुभेच्छा तथा सफल कार्यकालको शुभकामनाले आगामी दिनमा संस्थाको उद्देश्य, नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउन थप ऊर्जा, उत्साह र जिम्मेवारीबोध गराएको बताइन्।
‘मप्रति व्यक्त गर्नुभएको विश्वास, शुभेच्छा, बधाई तथा सफल कार्यकालको शुभकामनाले आगामी दिनमा संस्थाको उद्देश्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउन थप ऊर्जा, उत्साह र जिम्मेवारीबोध गराएको छ,’ शर्माले भनिन्।
उनले अन्तर्राष्ट्रिय परियोजना विकास मञ्चको संस्थागत विकास, परियोजना प्रवर्द्धन तथा समग्र उद्देश्य प्राप्तिका लागि आफ्नो तर्फबाट इमानदार, सक्रिय र प्रतिबद्ध भएर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरिन्।
शर्माले संस्थाको आगामी यात्रामा सबै पदाधिकारी तथा सदस्यहरूको साथ, सहयोग, सुझाव र मार्गदर्शनको निरन्तर अपेक्षा रहेको बताइन्।
अन्तर्राष्ट्रिय परियोजना विकास मञ्चले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार, उद्योग, प्रविधि, लगानी, सुशासन, कृषि, पर्यटन तथा सामाजिक विकासलगायत विभिन्न क्षेत्रमा परियोजना विकास, सहकार्य, लगानी प्रवर्द्धन तथा ज्ञान आदान–प्रदान गर्ने उद्देश्य राखेको छ।
शर्माको उपाध्यक्षको जिम्मेवारीसँगै संस्थाका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संस्थाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया