काठमाडौं । International Project Development Forum (IPDF) का संस्थापक तथा पूर्व उपाध्यक्ष भवानी प्रसाद पौडेल संस्थाको प्रमुख सल्लाहकार पदमा मनोनीत भएका छन्।
पौडेललाई प्रमुख सल्लाहकारमा मनोनयन गरिएको अवसरमा IPDF ले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
IPDF का अध्यक्ष मुकुन्द ढुंगानाले पौडेलको दीर्घ अनुभव, दूरदर्शी नेतृत्व, ज्ञान तथा संस्थाप्रतिको निरन्तर समर्पणले संस्थालाई अझ सशक्त, प्रभावकारी र उन्नत दिशातर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
संस्थाले प्रमुख सल्लाहकारका रूपमा पौडेलको कार्यकाल सफल रहोस् भन्ने शुभकामना दिँदै उहाँको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सफलताको कामना गरेको छ।
पौडेल IPDF का संस्थापक तथा पूर्व उपाध्यक्षसमेत रहिसकेका छन्। संस्थाका अनुसार उहाँको अनुभव र नेतृत्व क्षमताले आगामी दिनमा संस्थाको नीति, योजना तथा परियोजना विकाससम्बन्धी कार्यमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया