लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०८३, बिहीबार ०६:१५

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्याबलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

विकास अर्थशास्त्रीका रूपमा परिचित उक्याब यसअघि लगानी बोर्डमै परामर्शदाताका रूपमा कार्यरत थिइन्। सार्वजनिक नीति, दिगो विकास, जलवायु परिवर्तन, आर्थिक विकास तथा लगानीका क्षेत्रमा उनको विशेषज्ञता रहेको बताइएको छ।

उक्याबले संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) को प्यासिफिक कार्यालय (फिजी) मा वरिष्ठ नीति सल्लाहकारका रूपमा काम गरेकी छन्। त्यसअघि उनी यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीको भूमिकामा थिइन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयोजक रहेको सीईओ सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि याङ्की उक्याबसहित मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उक्याबलाई नियुक्त गरेको हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor