पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वसचिव महेश्वर न्यौपाने ४ लाख ५० हजार धरौटीमा रिहा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०८३, बिहीबार ०५:४८

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन पर्यटन सचिव तथा पूर्वसचिव महेश्वर न्यौपानेलाई ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले न्यौपानेसँग उक्त रकम धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत निर्माण कम्पनीलाई राजस्व छुट दिएको आरोप लगाउँदै न्यौपानेविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उक्त मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor