थुनछेक आदेश नभ्याएपछि सहसचिव पुष्पराज भट्टराई सिआइबीकै हिरासतमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ श्रावण २०८३, मंगलवार ०५:५५

काठमाडौं।  ट्राभल डकुमेन्ट दुरुपयोगको आरोपमा पक्राउ परेका परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई थुनछेक आदेश हुन नसकेपछि अदालतले प्रहरी हिरासतमै फिर्ता पठाएको छ।

सोमबार थुनछेक सम्बन्धी आदेश नभ्याएपछि उनलाई थप प्रक्रियाका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा राखिएको हो।

भट्टराई २०६८ सालमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा कार्यरत रहेका बेला उनले हस्ताक्षर गरेका ट्राभल डकुमेन्ट तिब्बती शरणार्थीलाई बिक्री गरिएको आरोप लागेको छ। उक्त घटनापछि जर्मन दूतावासले २०६८ साल असारमै प्रहरीमा उजुरी दिएको थियो।

लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयले गत साता भट्टराईलाई फरार प्रतिवादी कायम गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। त्यसपछि उनी पक्राउ परेका हुन्।

यसै प्रकरणमा मुछिएका परराष्ट्र मन्त्रालयका तत्कालीन नायब सुब्बा (नासु) बच्चुराम केसीको भने २०७६ सालमै निधन भइसकेको छ।

अब अदालतबाट थुनछेक आदेश भएपछि भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी वा साधारण तारेखमा रिहा गर्ने भन्ने विषयमा निर्णय हुनेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor