पोखरा विमानस्थल राजस्व छुट प्रकरण : प्रदीप अधिकारी ३ लाख धरौटीमा रिहा हुने आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०८३, बुधबार ०५:१८

काठमाडौं ।  विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

यद्यपि, अधिकारी अन्य मुद्दामा समेत थुनामा रहेकाले यस मुद्दामा धरौटी बुझाए पनि तत्काल थुनामुक्त हुने छैनन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगका अनुसार ठेक्का सम्झौतामा ठेकेदार कम्पनीले नै राजस्व तिर्नुपर्ने व्यवस्था हुँदाहुँदै त्यसको विपरीत राजस्व छुट दिइएको थियो। सोही आधारमा प्रतिवादीहरूमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरिएको छ।

यसअघि यही राजस्व छुटसम्बन्धी मुद्दामा अन्य आरोपितहरू पनि धरौटीमा छुटिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor